सुन्दरहरैँचा / माेरङ्गकाे सुन्दरहरैचामा टिपरले माेटरसाईकललाई ठक्कर दिँदा १ जनाकाे मृत्यु भएको छ ।
शुक्रवार बेलुकी ५ बजे सुन्दरहरैचा १० स्थित केराबारी खोर्सानी सडकको बिच जङ्गलमा टिपरले माेटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते माेरङ्ग बेलवारी ९ घर भएका ३२ वर्षीय मोटरसाइकल चालक प्रेम खवासलाई काेशि अस्पताल विराटनगर लगिएको थियो ।
अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले खवासलाई मृत घोषित गरेका थिए ।
Discussion about this post