काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा हिरासतमुक्त भएका छन् ।
लागु औषध मुद्दामा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो ।
लामालाई बिहीबार उच्च अदालत पाटनमा पेस गरिएको थियो । तर, लामाले लागुऔषध मुद्दामा सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश पेस गरेपछि छुटेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो । तर, उनले कैद भुक्तान नगरी फरार रहेका थिए ।
यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए।
Discussion about this post