विराटनगर । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ पैदल नै आउँदै गरेका २५ वर्षीय सैफ जफर पक्राउ परेका हुन् । भारत अररियाको मीरगन्ज–८ घर भएका जफरलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १।९६ ग्राम खैरो हेरोइन र भारतीय ६ हजार २ सय रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
Discussion about this post