ईटहरी । प्रदेश १ अन्र्तगत सुनसरीको ईटहरीबाट डिजिटल पत्रिका प्रदेशखबरको आईतबारबाट बिधिवत रुपमा शुभारम्भ भएको छ ।
फागुन ७ अर्थात प्रजातन्त्र दिबसका दिनदेखि सत्य,तथ्य र निष्पक्ष सुचनालाई डिजिटल पत्रिका प्रदेशखबर डटकम मार्फत छिटो,छरितो र निश्पक्ष तरिकाले विश्वभरका पाठकहरु माझ डिजिटल प्लेटफर्म मार्फत पुर्याउने ध्येयका साथ सञ्चालनमा ल्याईएको प्रदेशखबर डटकमका अध्यक्ष तथा सञ्चालक पवन अधिकारीले बताए ।
नेपालमा तिब्र रुपमा बिकास भईरहेको डिजिटल पत्रकारिताको बिकास सँगै बिभिन्न बिकृति र बिसंगति समेत मौलाईरहेको छ । पत्रकारिताको खोल ओढेर गरिने बिभिन्न गलत काम कारोबारहरुले समेत यो क्षेत्र बदनाम बनिरहेको छ । यस क्षेत्रमा रहेका केही गलत प्रबृतिका मानिसहरुका कारण यो क्षेत्र दुषित बनिरहेको छ । यि तमाम समस्याहरुका बिच पनि गलत धारणाहरुलाई बदल्दै निष्पक्ष पत्रकारिताको अभ्यास स्वरुप डिजिटल पत्रिका शुरु गरेको अधिकारीले बताए । ईटहरीमा मुख्य कार्यलय रहेको अनलाईनको ललितपुरस्थित सानोकोठीमा शाखा कार्यलय स्थापना भईसकेको छ ।
Discussion about this post