काठमाडौं । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१ निपानेस्थित सडकमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मुसिकोट सल्लेदेखि छिनखेततर्फ जाँदै गरेको क प्र ०२ ००१ च ०४१३ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।
प्रहरीका अनुसार, आइतबार राति भएको सो दुर्घटनामा उक्त बोलेरो जिप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो।
दुर्घटनामा परी सुर्खेत गुर्भाकोट गाउँपालिका–८ मेहेलकुना बस्ने ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ समेत ३ जनाको मृत्यु भएको प्रहरीले जानकरी दिएको छ।
Discussion about this post