इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१० आमझोकीमा मंगलबार राति टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ हजार ६४३२ नम्बरको टेम्पो राति १०ः५५ बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी टेम्पोमा सवार इटहरी–१० का ४० वर्षीय राजेन्द्र सरदारको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा राति ११ः५० बजेतिर मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पो र चालक २८ वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानबाट टेम्पोको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ । -फाईल तस्विर
Discussion about this post