धरान । युवापुस्तामाझ लोकप्रिय गायक समिर श्रेष्ठले धरान एक्स्पोको पहिलो दिन प्रस्तुति दिने भएका छन् । धरान रङ्गशालामा आयोजना हुने एक्स्पोमा गायक श्रेष्ठ र उनको ब्यान्ड द क्रिसेन्ट्स प्रस्तुत हुँदैछन् ।
आजबाट औपचारिक उद्घाटन हुने एक्स्पोमा बेलुका ६ बजेदेखि गायक श्रेष्ठ लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । हेर न, थाम न हात, चार दिवार, कुरी बसेछु गायक श्रेष्ठको चर्चितमध्येका केही साङ्गीगितक प्रस्तुतिहरु हुन् ।
उद्योग वाणिज्य संघ सुनसरीको आयोजना रहेको एक्स्पोमा दैनिक विभिन्न कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । सुनसरीको व्यापारिक, औद्योगिक एवम् व्यवसायीक प्रवद्र्धन मुख्य उद्देश्य राखिएको एक्स्पो फागुन ११ बाट २० गतेसम्म आयोजना हुनेछ ।
Discussion about this post