बिर्तामोड । छाला रोग तथा सौन्दर्यसम्बन्धी सबै खाले उपचार गर्ने उद्देश्यले झापाको बिर्तामोडमा डेल्फी स्किन क्लिनिक सञ्चालनमा आएको छ ।
खड्का कम्प्लेक्समा सञ्चालनमा ल्याइएको क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी हुन् ।
अस्पतालकै रुपमा दमकमा सञ्चालित डेल्फी स्कीन केयर अस्पतालको शाखाका रुपमा बिर्तामोडबाट सेवा शुरु गरिएको क्लिनिक उद्घाटन समारोहमा जानकारी दिइयो । क्लिनिकमा डा. रीति आचार्य सहितको सेवा रहने बताइएको छ ।
बिर्तामोडसहित पूर्वका सेवाग्राहीको चाप दमक रहेको अस्पतालमा बढेसंगै बिर्तामोडमा विशेषज्ञ डाक्टर सहितको सेवा उपलब्ध गराउन क्लििनक सञ्चालनमा ल्याइएको अध्यक्ष प्रकाश बुढाथोकीले बताए ।
दमकमा ८ वर्षदेखि डेल्फी स्किन केयर हस्पिटल सञ्चालनमा रहेको व्यवस्थापक मीना ढुङ्गानाले जानकारी गराइन् ।
क्लिनिकमा ओपीडी सेवा अन्तरगत छाला रोग, छालाको शल्यक्रिया, अनुहार तथा सौन्दर्य सम्बन्धी सबैखाले उपचार तथा परामर्श प्रदान गरिने डाक्टर आचार्यको भनाई छ ।
छाला रोगमा नङ, कपाल, चायाँ, कुष्ठरोग, छालाको शल्यक्रिया, मासु पलाएको, छाला मोटो भएको, मुसा पलाएको, डन्डिफोर, लुतोलगायतका समस्याको सहज रुपमा उपचार गरिने र सौन्दर्य सम्वन्धि सबैकाम गरिने बताइएको छ ।
चाउरीपना, छाला तन्काउने, सेतोदुबी हटाउने लगायतका समस्यालाई फोटो थेरापीको माध्यमबाट उपचार हुने र शल्यक्रिया गर्नुपर्ने विरामका लागि धरानस्थित घोपा क्याम्पसँगको सहकार्यमा सेवा प्रदान गरिने डा आचार्यले बताइन् । डा. आचार्य डर्माटोलोजी, एसटीआई एण्ड लेप्रोसी हुन् ।
डा आचार्यका अनुसार छाला रोगका धेरैजसो बिरामीहरुमा लामो समयसम्म औषधि उपचारको आवश्यकता पर्ने हुन्छ । छालामा देखा पर्ने कत्ले रोग, शरीरमा पानी फोन आउने, घामको एलर्जी, सेतो दुबी, डन्डिफोर, डाबर आउने, कुष्ठरोग, छालाको एलर्जी तथा कयौं अन्य रोगहरु लिएर अस्पतालमा उपचारका लागि आउने गरेको उनको भनाई छ ।
Discussion about this post