बेलबारी । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका ३ घई भई सुन्दरहरैचा १० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बुलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन ८५ पिस र ट्रमाडोल ८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरे सगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी३ का २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा(१० का २३ बर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी झापाको मेचिनगर नगरपालिका(६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर१० धुलाबारीका २४ बर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका(१ स्थितबाट २२ बर्षीय ९समिर० भन्ने देवेन्द्र चौधरीलाई २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
Discussion about this post