ईटहरी । एनवाइइएफ सुनसरी च्याप्टरको होस्टिङमा यहि फागुन २६ गते (आज) शुक्रबारदेखि २७ गते शनिबार सम्म ईटहरीमा दुईदिने नेशनल लिडरसिप कन्फ्रेन्स २०७९ आयोजना हुने भएको छ ।
युवाहरुको लिडरसिप क्षमता,दक्षताको बिकास,एकआपसमा भेटघाटका साथै युवा शत्तिको आबश्यकता लगायत बिबिध बिषयमा छलफल हुने आयोजक (एनवाइइएफ) नेपाल युवा उद्यम मन्च सुनसरी च्याप्टर अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।
प्रत्येक बर्ष आयोजना हुँदै आएको कार्यक्रममा यो बर्ष रुपेश्वर गौरदास,भारतका अनुज अग्रवाल लगायत देशका ख्यातिप्राप्त बक्ताहरुले आफ्नो धारणा राख्नेछन । देशभर एन वाई इफका ११ वटा च्याप्टर रहेका छन । सुनसरीमा मात्र च्याप्टरमा ६० जना सदस्यहरु रहेका छन । देशभर ७ सय सदस्य रहेका छन ।
कार्यक्रममा देशभर रहेका च्याप्टरका कार्यसमितिका सदस्य मात्र ८० देखि १०० सय जनाको सहभागिता रहने छ । कार्यक्रममा नेशनल गभर्निंङ काउन्सिलका अध्यक्ष रितेश लामिछाने लगायतको सहभागिता रहने छ ।
Discussion about this post