इलाम । कोशी प्रदेश नामकरणको विषयलाई लिएर नामाङ्कन संयुक्त संघर्ष समितिले माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयमा भएको आगजनीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै घटना दुखद र निन्दनीय कार्य बताउँदै दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
‘जनतालाई सेवा प्रदान गर्ने थलोमा भएको आगजनी र भौतिक क्षति ज्यादै दुखद र निन्दनीय कार्य भएको उसको ठहर छ ।
घटनाप्रति आफूहरुको आपत्ति रहेको भन्दै दोषीको पहिचान गरी कार्वाही गर्न मागसमेत गरिएको छ ।
विज्ञप्तिमा माङसेबुङ नागरिक समाजका चनबहादुर सेर्मा, प्रदेश नं. १ पहिचानसहितको पुननामाङ्कन अभियान समितिका सहसंयोजक केहरसिंह योङहाङ र प्रदेश नं. १ पुननामाङ्कन संयुक्त संघर्ष समिति माङसेबुङका अध्यक्ष उदयविक्रम तुम्बापोले हस्ताक्षर गरेका छन् ।
माङसेबुङ गाउँपालिका ५ वडा नम्बर वडा कार्यालयमा शुत्रmबार राति आगजनी भएको थियो । आगजनीबाट कार्यालयको प्राविधिक कक्ष र सभाहलमा क्षति पुगेको छ ।
Discussion about this post