इटहरी । सुनसरीको इटहरी उपमहानगर–१६ लबीपुरमा १० करोड रुपैयाँबढी लागतमा अत्याधुनिक सेवा सहितको अस्पताल सञ्चालनमा आएको छ ।
चौबीसै घण्टा विशेषज्ञ डाक्टरहरु सहितको आकस्मिक सेवासहित विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आकस्मिक सेवा प्रभावकारी रुपमा दिनेगरी हाडजोर्नी र प्रसुतिलगायत स्त्री रोग सम्बन्धी सेवाहरु विशेषज्ञ डाक्टरहरुबाट उपलब्ध गराउने ब्यवस्था रहेको अस्पतालका प्रबन्ध निर्देशक उत्तम चौधरीको भनाई छ ।
उनका अनुसार नवजात शिशु तथा बालरोगसम्बन्धी सेवा, दन्तरोग सम्बन्धी (डेन्टल) सेवा पनि उपलब्ध छ ।
अस्पतालमा एनआईसीयु तथा आईसीयुको सुविधा बैशाखदेखि सुरु गर्ने तयारी छ । औपचारिक रुपमा बैशाखको पहिलो साताबाट अस्पतालको उदघाटन गरिने भए पनि अहिले नै विशेषज्ञ डाक्टरहरुको सेवा उपलब्ध रहेको अस्पतालका व्यवस्थापकीय अधिकृत सुजित ढुंगेलले बताए ।
सुनसरीका इनरुवा, प्रकाशपुर, बराहक्षेत्र, रामधुनीसहित इटहरीको लवीपुर र बजार क्षेत्रका बिरामीहरुलाई लक्षित गरी अत्याधुनिक अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालमा हाल दुई दर्जनभन्दा बढी विशेषज्ञ डाक्टर तथा अनुभवी मेडिकल अफिसरहरु आबद्ध छन् ।
अस्पताल निर्माणका केही भौतिक कामहरु धमाधम भइरहेको र बैशाखबाट बिरामीहरुलाई सम्पूर्ण सेवा उपलब्ध गराउने अस्पतालको तयारी छ ।
Discussion about this post