चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा

सोमबार, २२ बैशाख २०८२

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको नेपाल–चीनबिचको ७० वर्ष लामो सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा बोल्दै उनले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने प्रतिबद्धता जनाएका हुन् । 

उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास लिएको छु । मैले सधैँ भन्ने गरेको छु । एक चीन नीति नेपालले लिएको छ । मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास फेरी पनि दिलाउन चाहन्छु ।’

त्यस्तै, उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मित्र राष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । मलाई विश्वास छ चीनले आगामी दिनमा नेपालको थप विकासमा सहयोग गर्ने नै छ ।’
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार