काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा करिब दुई घण्टा लामो छलफल सम्पन्न भएको छ । भेटमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनको प्रक्रिया, सरकार सञ्चालन, बजेट, नीति कार्यक्रम तथा शिक्षा क्षेत्रका समस्या समाधानका विषयमा गहन छलफल भएको हो ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए। बैठकपछि गृहमन्त्री लेखकले दुवै नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायतका विषयमा विस्तृत कुराकानी भएको जानकारी दिए ।
नीति कार्यक्रम, आगामी बजेट पारित गर्ने प्रक्रिया, शिक्षा विधेयक र शिक्षक आन्दोलनजस्ता विषयमा पनि दुई नेताबीच सहमति खोजिएको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका थिए ।
प्रतिक्रिया