बेइजिङ : चीनले पाकिस्तानसँगको सहयोगलाई नयाँ उचाइमा पुर्याउँदै पाकिस्तानी अन्तरिक्ष यात्रीलाई पहिलो पटक आफ्नै अन्तरिक्ष स्टेशनमा पठाउने घोषणा गरेको छ।
चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रुमध्ये एक जना पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष मिसनमा सहभागी हुनेछन्। यसका लागि उनीहरूलाई चीनको उत्तरपश्चिम जिउक्वानस्थित अन्तरिक्ष उडान प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ।
यसअघि, सन् २०२४ को फेब्रुअरीमा चीनले घोषणा गरेको थियो कि मित्र राष्ट्र पाकिस्तानबाट पहिलो विदेशी अन्तरिक्ष यात्रीलाई तिनीहरूको अन्तरिक्ष स्टेशनमा पठाउने तयारी भइरहेको छ। चीनको उक्त अन्तरिक्ष स्टेशन पृथ्वीको सतहबाट ४०० किलोमिटर माथि कक्षमा परिक्रमा गरिरहेको छ।
यस घटनालाई चीन–पाकिस्तान सहयोगको ऐतिहासिक उपलब्धि मानिएको छ, जसले अन्तरिक्ष विज्ञान र प्रविधिमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया