काठमाडौँ । सर्वोच्च अदालतले सहकारी ठठी सम्बन्धी कसूर र संगठित अपराधमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी विरुद्धको आदेश सच्याएको छ ।
शुक्रबार गरेको आदेशमा त्रुटि भएको भन्दै आदेश गर्ने इजलासले नै त्रुटि सच्याएको जनाएको छ ।
गत शुक्रबार न्यायाधीश डा नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले शुक्रबार गरेको आदेशमा भुलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।
सोसँगै उक्त आदेशमा ‘प्रस्तुत आदेशलाई उक्त आदेशको अभिन्न अंग मानी मिसिल सामेल गर्नू’ भनिएको छ ।
रविलाई थुनामै राख्ने आदेश सदर [पूर्णपाठ]
प्रतिक्रिया