इटहरी । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधवार बिहान साढे ९ बजेदेखि आगो लागेको हो ।
प्लाजामा रहेको होटेलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागी भएको तला भन्दा माथिल्लो तलामा ३ जना भन्दा बढी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागी नियन्त्रणको लागी नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना तथा स्थानीयले प्रयास गरिरहेका छन् ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे खुलेको छैन ।
प्रतिक्रिया