झापा : बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा सहयोग जुट्ने क्रम जारी छ। हालै युवा व्यवसायी हिमेश अधिकारी र प्रकाश सुवेदीले कोषमा योगदान दिएका छन्।
न्यू कुहिनोर ढुवानीका संचालक हिमेश अधिकारीले २१ हजार १ सय ११ रुपैयाँ र पाथीभरा इम्पलेक्सका सञ्चालक प्रकाश सुवेदीले २१ हजार रुपैयाँ संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेका हुन्।
संघको सभाहलमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममार्फत उनीहरूले जन्मदिनको अवसर पारेर कोषमा सहयोग गरेका हुन्। कार्यक्रममा उनीहरूलाई कदरपत्रद्वारा सम्मान पनि गरिएको थियो।
संघले आपतविपतमा परेका व्यवसायी सदस्यहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरिसकेको छ। उक्त कोषको व्याजबाट राहत उपलब्ध गराउने गरी कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढाइएको संघले जनाएको छ।
प्रतिक्रिया