इटहरी : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेसका नेता केदार कार्कीले बोलेको कुरा पुरा गर्न सक्ने नेताहरूमाथि मात्र जनताले विश्वास गर्ने बताएका छन्।
सोमबार इटहरीमा आयोजित विश्व ज्योतिष महासङ्घको सम्मेलनमा बोल्दै उनले अहिलेका नेताहरूले बोलेको अनुसार काम नगर्दा आलोचना खेप्नुपरेको बताएका हुन्।
उनले नेता र ज्योतिषलाई तुलना गर्दै भने, "नेता र ज्योतिष उस्तै हुन्। ज्योतिष र नेता दुबैले बोलेको पुरा नभए जनताको विश्वास गुम्छ।"
ज्योतिष विज्ञानको महत्वबारे बोल्दै उनले नेपालले यसको अध्ययन र नेतृत्व गर्न थालेकोमा खुसी व्यक्त गरे।
ज्ञानलाई कुनै सीमाले छेक्न सक्दैन," उनले भने, "ज्योतिष यस्तो विज्ञान हो, जसको विद्वत्तालाई कुनै सिमानाले रोक्न सक्दैन।
कार्यक्रममा उनले ज्योतिष विज्ञानलाई गहन अध्ययनको विषय बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका थिए।
प्रतिक्रिया