मुम्बई : बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र आफ्नो उत्कृष्ट अभिनय र लामो फिल्मी यात्राका कारण ‘हेमेन’ उपनामबाट चिनिन्छन्। सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले हालसम्म करिब ३ सय चलचित्रमा अभिनय गरिसकेका छन्।
पञ्जाबको लुधियाना जिल्लाको नसराली गाउँमा जन्मिएका धर्मेन्द्रले प्रारम्भिक शिक्षा त्यहीँबाट लिएका थिए। लामो अभिनय करिअरपछि उनले न केवल प्रसिद्धि कमाए, बरु ४०० करोड रुपैयाँ बराबरको सम्पत्ति पनि जोड्न सफल भएका छन्।
उनीसँग मुम्बईको लोनावालामा १०० एकड क्षेत्रफलमा फैलिएको लक्जरी फार्म हाउस रहेको छ, जसमा भव्य स्विमिङ पूल पनि छ। त्यस्तै, मुम्बईमा मात्र उनले करिब १७ करोड रुपैयाँको सम्पत्ति किनेका छन्। खेतीका लागि ८८ लाख र थप जग्गामा ५२ लाख रुपैयाँ लगानी गरेका छन्।
धर्मेन्द्रले १९७५ को चर्चित फिल्म ‘शोले’ मा अभिनय गर्दै ठूलो सफलता हासिल गरेका थिए। साथै, ‘अपने २’, ‘इक्किस’, र ‘देश के गद्दार’जस्ता चलचित्रले पनि दर्शकमाझ लोकप्रियता दिलाएका छन्।
सन् २०२२ मा उनले ‘ही मेन’ नामक विलासी रेस्टुरेन्ट हरियाणाको कर्नाल राजमार्गमा सुरु गरेका थिए। हाल उनी सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरूसँग निरन्तर सम्पर्कमा रहन्छन्।
प्रतिक्रिया