आजको मौसम : तीन प्रदेशमा वर्षा, दुई प्रदेशमा हावाहुरीको सम्भावना

शनिबार, १० साउन २०८२

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहे पनि केही प्रदेशहरूमा मौसम सक्रिय छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षा, तराई भू-भागमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ। 

दिउँसो देशभरको मौसममा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।

बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना भएकाले बाढी पहिरो लगायत सम्भावित जोखिमबाट सतर्क रहन मौसम विभागले अनुरोध गरेको छ।

विभागले पछिल्लो मौसमबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार