प्रलोभनमा पारेर बालिकामाथि बलात्कार, सङ्खुवासभाबाट दुई जना पक्राउ

सोमबार, १२ जेठ २०८२
सांकेतिक फाईल

किमाथाङ्का :  दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा संखुासभाको चिचिला गाउँपालिका–२ का ३५ वर्षीय तुफान राई, चिचिला–३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका १ बाट गत शुक्रबार पक्राउ गरिएको हो । उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ ।

प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान भइरहेको जनाएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार