गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष भेला पोखरामा, डिजिटल बीमा सेवाको विस्तारमा जोड

शनिबार, १० साउन २०८२

पोखरा : ‘जहाँ पनि, जहिले पनि बीमा सेवा’ भन्ने नारासहित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ८ देखि १० गतेसम्म पोखराको लेकसाइडस्थित टिका रिसोर्टमा विशेष भेला सम्पन्न गरेको छ।

देशभरबाट आएका १०० भन्दा बढी कर्मचारी तथा अभिकर्ता सहभागी रहेको उक्त भेलाको उद्घाटन बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्र र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै मिश्रले न्यून आय भएका तथा बीमा पहुँचबाहिर रहेका वर्गलाई डिजिटल माध्यमबाट सेवा दिने प्रयासको प्रशंसा गरे। प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने गार्डियन माइक्रो लाइफ नेपालकै पहिलो पूर्णतः पेपरलेस सेवा दिने जीवन बीमा कम्पनी भएको जानकारी गराए।

कार्यक्रमको सहजीकरण सहायक महाप्रवन्धक कैलाश देवकोटाले गरेका थिए। साथै, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, तथा विभागीय प्रमुखहरू सुनिता कोइराला, दिलीप शर्मा, समीर खरेल र जीवन राईले विभिन्न विषयमा प्राविधिक तालिमहरू प्रदान गरेका थिए।

‘बेस्ट एजेन्ट ट्रेनिङ सेसन ९.०’ शीर्षकको विशेष तालिम प्रशिक्षक अपूर्व नेपालले सञ्चालन गरेका थिए। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारी तथा अभिकर्तालाई सम्मानसमेत गरिएको थियो।

मार्केटिङ चिफ दिलीप शर्माका अनुसार, गार्डियन माइक्रो लाइफले स्थापना भएको छोटो अवधिमै आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा २६ शाखा तथा उपशाखाबाट ११ लाख ५० हजार बीमित ग्राहकहरूलाई सेवा दिँदै ३० करोड ८३ लाख बराबरको पहिलो बीमा शुल्क संकलन गर्न सफल भएको छ।

तपाईं जान्नैपर्छ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड नेपालकै पहिलो लघु जीवन बीमा कम्पनी हो, जसले ग्रामीण तथा दूरदराजका क्षेत्रमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा पु(याउँदै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार