पुनले भने: ‘प्रचण्ड नेपाली राजनीति परिवर्तनको ‘ब्राण्ड’ हुन्

शनिबार, १० साउन २०८२

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली राजनीतिको ‘ब्रान्ड’को रूपमा चित्रण गरेका छन्।

काठमाडौँमा आयोजित अखिल (क्रान्तिकारी) को कार्यक्रमलाई सम्बोधन गर्दै पुनले जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रचण्डको नेतृत्व निर्णायक भएको उल्लेख गर्दै समाजवादको आधार निर्माणका लागि पनि उनी आवश्यक रहेको बताए।

उनका अनुसार “प्रचण्ड परिवर्तनको ब्रान्ड हुन् र उनको ‘ब्रान्ड भ्यालु’ उच्च छ।”

तर पुनले प्रचण्डमाथि मात्रै दोष थोपर्ने प्रवृत्तिको आलोचना गरे। “प्रचण्डले आत्मरूपान्तरण गर्नुपर्छ, तर मन्त्री, सांसद र नेताहरू पनि आत्मालोचना गर्दै पार्टीलाई सुदृढ बनाउने दायित्वबाट भाग्न मिल्दैन,” उनले भने।

नेपालका अन्य दलको तुलनामा माओवादी नेताहरूलाई अपेक्षाकृत इमान्दार भन्दै पुनले पुराना र नयाँ पुस्ताबिच समन्वय गर्न सके मात्र पार्टी गतिशील बन्ने धारणा राखे।

उनले दोस्रो र तेस्रो तहका नेताहरूको भूमिकालाई जिम्मेवार र परिवर्तनमुखी बनाउन आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार