काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि सम्बोधनको कार्यतालिका तय भएको हो ।
‘जेनजी’ आन्दोलनको पृष्ठभूमिमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो पहिलो पटक जनतासमक्ष प्रत्यक्ष सम्बोधन गर्ने अवसर पाएकी हुन् ।
पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
उनको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा गरिसकेको छ ।
अन्तरिम सरकारको प्रमुख जिम्मेवारी छ महिनाभित्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु रहेको सरकारको भनाइ छ ।
आजको सम्बोधनमा प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचन तयारी, सरकारका प्राथमिकता तथा आगामी योजना विषयमा स्पष्ट दृष्टिकोण राख्ने अपेक्षा गरिएको छ । सम्बोधनलाई मुलुकभर विशेष चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया