बुटवल : रुपन्देहीको सैनामैनाकी शिक्षिका सीता मरासिनी १० दिनदेखि सम्पर्क विहीन भएकी छन्। उनी सैनामैना नगरपालिका–६, माया पथ सुन्दर बस्ती की बासिन्दा हुन्।
रुपन्देही निवासी ४६ वर्षीय मरासिनी बाजुराबाट करिब १० दिनदेखि बेपत्ता भएकी बताइएको छ। उनी करिब १७ वर्षदेखि स्वामिकार्तिक खापर गाउँपालिका–२, छुदरीस्थित गङ्गा आधारभूत विद्यालय मा शिक्षण पेसामा संलग्न छिन्।
उनकी छोरी त्रिदेवी ज्ञवाली सँग भाद्र ३० गते बिहान ७ बजे कुरा भएपछिको खबर अनुसार उनी सम्पर्क विहीन भएकी हुन्। उनका छोरा सुदिप ज्ञवालीले विभिन्न स्थानमा खोजतलास गर्दा पनि अहिलेसम्म आमाबारे कुनै जानकारी पाउन नसकेको बताएका छन्।
निरन्तर खोजी गर्दै आएका उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले पनि अहिलेसम्म कुनै खबर नआएको बताएका छन्।
मरासिनीलाई कसैले देखे वा फेला पार्यो भने परिवारले ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गर्न आग्रह गरेका छन्। प्रहरीले पनि उनको खोजी कार्य जारी राखेको छ।
प्रतिक्रिया