झापाको रेखा खोला नजिक एक पुरुषको शव फेला,  दुईजना पक्राउ

आइतबार, ०७ मंसिर २०८२

झापा :   झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिक एक व्यक्तिको शव फेला परेको छ । बिर्तामोड ६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरिएको हो।

गएराति करिब १०: ४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको बिर्तामोड प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक  विजय श्रेष्ठको कमाण्डमा विशेष टोली खटाइएको थियो।

कानुनी प्रक्रिया सम्पन्न गरी राति करिब १ : ०० बजे शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।

घटनासम्बन्धी अनुसन्धानको क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको छ। दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार