महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास, दुईजना पक्राउ

आइतबार, ०७ मंसिर २०८२
फाइल तस्बिर

विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकाल माथि शुक्रबार विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० बजेको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए।

उनीहरू सवार बा १७ च ५९६१ नम्बरको गाडीमा इटहरीतर्फ प्रस्थान गर्ने क्रममा सोमबार बिहान  दुई युवकले गाडीमाथि लोला हान्न खोजेका थिए।

घटनापछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ।

विमानस्थल परिसरमा सुरक्षामा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन। घटनापछि विमानस्थल र कार्यक्रमस्थलमा सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

बस्नेत आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन्। पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार