झापामा हात्तीको आक्रमणमा एक युवकको मृत्यु

विहीबार, ०९ असोज २०८२

झापा : झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा हात्तीको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ ।

प्रहरीका अनुसार असोज ८ गते राति करिब ३५–३६ वर्षको देखिने तराई मूलका युवकलाई जङ्गलबाट आएको जङ्गली हात्तीले आक्रमण गरेको हो ।

घटनास्थलमै उनको पेट च्यातिएर आन्द्राभुँडी बाहिर निस्किएको र घोप्टो अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतकको सनाखत अझै हुन सकेको छैन ।

घटनाबारे जानकारी भोलिपल्ट असोज ९ गते बिहान ६:२० बजे प्रहरीलाई प्राप्त भएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय अनारमनीका रुपेश राईको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

अहिले घटनास्थलमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

स्थानीय बासिन्दाले हात्तीको गतिविधि पछिल्ला दिनमा तीव्र बनेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार