काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको सम्पूर्ण समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत हुने तयारी भएको छ।
गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले नेतृत्व गरेको सरकारले प्रतिनिधिसभा विघटन गरिसकेको छ। त्यससँगै आगामी फागुन २१ मा निर्वाचन गर्ने घोषणा पनि सरकारको निर्णयमा समावेश छ।
कार्कीको संबोधनमा निर्वाचन, राजनीतिक स्थिरता र सरकारको आगामी कदमबारे स्पष्ट सन्देश आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया