महेश बस्नेत सवार गाडीमा रातो मसी हान्ने युवा नेविसंघका

आइतबार, ०७ मंसिर २०८२

विराटनगर  : विराटनगर विमानस्थल बाहिर पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा आज बिहान रातो मसी फ्याँक्ने दुई नेविसंघका सदस्य पक्राउ परेका छन्। बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै थिए।

प्रहरीका अनुसार, बस्नेत सवार कार प्रहरी भ्यान पछिपछि गुडिरहेको अवस्थामा सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकिएको थियो। घटनापछि गाडी रोकिएको थियो र प्रहरीले तत्काल दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम रहेका छन्। गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् भने अर्पित कुँवर पनि नेविसंघसँग निकट रहेको प्रहरी स्रोतले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार