झापा : नेपालमा प्रतिबन्धित भारतीय लक्की ड्र कुपन सहित झापाको विर्तामोडबाट चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५मा हाङ्मा होटलबाट भारत बिहार राज्यको सितामणीका गरिब साह, भोला कुमार, विकाश कुमार, तथा अमोल गुप्तालाई कपडा किन्दा उपहार पाइने भनेर ठगी गर्ने कार्यका लागि प्रयोग गर्ने लक्की ड्र कुपन र कपडा सहित अस्थायी प्रहरी पोष्ट विर्तामोडले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका भारतीय नागरिकहरुको साथबाट ३ हजार थान कुपन, बिलविनाका ४८ थान कुर्ता–सुरुवाल, र १० थान ग्यास चुलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बरामद सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भई रहेको छ ।
पुर्वी नेपालमा कपडा किन्दा लक्की ड्र कुपन मार्फत ग्याँस चुला लगायत उपहार पाइने भन्दै गाउँगाउँ कुर्था सरुवाल लगायतका कपडाहरु विक्रीका लागि ल्याउने कार्यमा भारतीयहरु सक्रिय रहेको पाइन्छ ।
प्रतिक्रिया