काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतहो अवहेलनाको आरोप लगाउँदै दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुने भएको छ । यो रिट आज न्यायाधीशद्वय हरिप्रसाद फूयाँल र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको छ ।
सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यसअघि निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सोही अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाको रिट दायर गरिएको हो ।
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले एउटा रिट दायर गरेका छन् । यस्तै प्रकृतिको अर्को रिट अर्का अधिवक्ता प्रेम राज सिलवालले पनि दायर गरेका छन् । दुवै रिटको एकैपटक सुनुवाइका लागि पेशी तोकिएको हो ।
प्रतिक्रिया