एनपीएल : पूर्वका दुई टिम र पश्चिमका दुई टिम भिड्दै

सोमबार, ०८ मंसिर २०८२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज पूर्वका दुई टिम – विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम – कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।

यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए । उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।

यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार