एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

बुधबार, १० मंसिर २०८२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधवार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ। 

दुई खेलबाट दुई अङ्क जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो । 

यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार