नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा

आइतबार, ३० कार्तिक २०८२

काठमाडौँ । नेपाल दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो ।

अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् ।

त्यसअघि, ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटिएको थियो। अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । दृष्टिविहीन क्रिकेटमा यो हालसम्मको सबैभन्दा कम रन थियो।

नेपालका लागि दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार