विराटनगरमा लेडिज सर्कलद्वारा ५ सय गरिब परिवारलाई लत्ताकपडा र खेलौना वितरण

बुधबार, ०८ असोज २०८२

विराटनगर । लेडिज सर्कल नेपाल विराटनगरले बुधबार विराटनगरमा ५ सयभन्दा बढी गरिब तथा विपन्न परिवारलाई लत्ताकपडा र खेलौना वितरण गरेको छ। कार्यक्रममा सहभागी गरिब परिवारलाई लत्ताकपडा र खेलौना सहित मिष्ठान खाना र आइसक्रिम खुवाइएको थियो।

नेपालीहरूको महान चार्ड विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा गरिब तथा विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको लेडिज सर्कल नेपाल विराटनगरकी अध्यक्ष एवं महिला उद्यमी कुसुम लुनियाँले बताइन्। उनले चार्ड पर्वको समयमा नयाँ लुगा लगाउने परम्परा भए पनि समाजका कठिन जीवन बिताइरहेका परिवारलाई सहयोग पुर्याउन लत्ताकपडा र खेलौना वितरण गरिएको उल्लेख गरिन्।

विराटनगर महानगरपालिकाको वडा नं. १८ जतुवा स्थित कृष्ण गौ सेवा सदनमा वितरण कार्यक्रम सञ्चालन गरिएको थियो। लत्ता कपडा र खेलौना लिनुका साथै उपस्थित महिला र बालबालिकाले मिष्ठान खानासमेत सेवन गरेका थिए।

कार्यक्रममा लेडिज सर्कलका अध्यक्ष कुसुम लुनियाँ, सचिव प्रिती चचान, कोषाध्यक्ष मोहिनी लुनियाँ सहित अन्य पदाधिकारी र सदस्यहरू उपस्थित थिए। कार्यक्रमले स्थानीय समुदायमा खुशी र सहयोगको भावना बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार