काठमाडौँ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मंगलबारदेखि मन्त्रालयमै बस्न सुरु गरेका छन्।
सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि उनले सरकारी निवास नचाहिने निर्णय गर्दै ‘जहाँ काम गर्छु त्यहीँ बस्छु’ भन्दै केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्न थालेका हुन्।
मन्त्रालयमा बस्न सुरु गरेसँगै मन्त्री पुनले बेड र भान्छाको व्यवस्था मिलाएका छन् र आफैं खाना पकाएर खाने बताएका छन्।
प्रतिक्रिया