गोरखा : गोरखाको उत्तरी चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामाले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरी नेपालको इतिहासमा कान्छी आरोही बन्न सफल भएकी छन् ।
छिरिङकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया एक विदेशी युवतीले मनास्लु आरोहण गरे पनि नेपालीमध्ये छिरिङ नै अहिलेसम्मकै कान्छी आरोही हुन् ।
सोमबार बिहान बेसक्याम्पबाट प्रस्थान गरेकी छिरिङले मङ्गलबार बिहान १०ः५० बजे मनास्लुको शिखर सफलतापूर्वक चुमेकी हुन् । उनले पायोनियर एड्भेन्चर कम्पनी प्रालिमार्फत आरोहण पूरा गरेकी थिइन् ।
गाउँमै घरायसी काम गरेर बस्ने छिरिङको यो सफलता सामागाउँका युवापुस्ताका लागि प्रेरणादायी बनेको छ । यसअघि त्यही गाउँका डिकील्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले समेत मनास्लु आरोहण गरिसकेका थिए ।
प्रतिक्रिया