पाँचथर जिल्ला प्रहरी कार्यालयलाई ‘सर्वोत्कृष्ट’ उपाधि

शनिबार, १० साउन २०८२

विराटनगर : आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको वार्षिक कार्यसम्पादन समीक्षा बैठकमा पाँचथर जिल्ला प्रहरी कार्यालयलाई ‘सर्वोत्कृष्ट’ घोषणा गरिएको छ।

कार्यसम्पादन सम्झौताअनुसार ९४.८२ प्रतिशत लक्ष्य हासिल गर्दै पाँचथरले सबै जिल्लाभन्दा उत्कृष्ट परिणाम देखाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेशभरका प्रहरी प्रमुखहरूले श्रावणदेखि असार मसान्तसम्मका गतिविधि प्रस्तुत गरेका थिए।

मूल्याङ्कनको आधारमा अपराध अनुसन्धान, आर्थिक अनुशासन तथा समग्र सेवा प्रवाहमा पाँचथर उत्कृष्ट ठहरिएको हो।

pathchar-1536x1100

कार्यक्रममा डिआइजी कार्कीले पाँचथर प्रहरी प्रमुख डिएसपी कौशल कुमार बुढाथोकीलाई प्रशंसा–पत्रसहित बधाई दिँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि शुभकामना व्यक्त गरे।

डिएसपी बुढाथोकीको नेतृत्वमा जिप्रका पाँचथरले नागरिकमैत्री प्रहरी सेवा र सुशासनप्रति प्रतिबद्धता जनाउँदै उल्लेखनीय प्रगति गरेको मूल्याङ्कन गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार