मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार साँझ चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
वडाध्यक्ष युवराज थपलियाका अनुसार मानबहादुर घलानको घरमा भइरहेको अन्तिम किरिया (घेवा)का क्रममा परेको चट्याङले ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते हुनेमा १२ वर्षीय सुजन घलान, १२ वर्षीया वर्षा घलान, १६ वर्षीय सन्तोष घलान, ७२ वर्षीया सानुमाया घलान, ३७ वर्षीय राजकुमार घलान, ३२ वर्षीया शान्ति घलान र उनकी २ वर्षीया छोरी सारा घलान रहेका छन् ।
त्यस्तै ५० वर्षीय प्रमाणसिंह तितुङ, ४४ वर्षीय पानबहादुर मुक्तान, ३४ वर्षीय प्रेमबहादुर घलान र १२ वर्षीय आर्यन तितुङ पनि घाइते भएका छन् । सबै घाइतेको मनहरी अस्पतालमा उपचार भइरहेको छ । अस्पताल प्रमुख डा. रश्मी झाका अनुसार गम्भीर अवस्था नरहेकाले सामान्य उपचारमै व्यवस्थापन गरिएको छ ।
घटनापछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती अस्पताल पुगेर उद्धार र उपचार व्यवस्थामा सहयोग गरेका थिए । उनले सबै घाइतेको उपचार निःशुल्क हुने जानकारी दिँदै २ वर्षीय सारा घलानको परिवारलाई तत्काल सहयोग स्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
प्रतिक्रिया