राजविराज ; राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा आज निधन भएको छ। क्यान्सर रोगबाट पीडित साहको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको हो।
जनता समाजवादी पार्टी ९जसपा० बाट निर्वाचित साह करिब तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उहाँका दुई छोरा र तीन छोरी रहेका छन्।
गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले साहको निधनले गाउँपालिका ठूलो क्षतिमा परेको बताइन् ।
प्रतिक्रिया