झुम्का कारागारका एक कैदीको मृत्यु

बुधबार, ०४ भदौ २०८२
File Photo

धरान : सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारका क्रममा मृत्यु भएको छ ।

लागू औषध मुद्दामा राई जिल्ला कारागारमा झुम्कामा २०८१ चैत्र २६ गतेदेखि रु।२५ हजार धरौटी तिर्न नसकेका कारण लागू औषध मुद्दाको थुनुवामा रहेका झुम्का कारागारका जेलर सुवास लामिछानेले बताए ।

भोजपुर हतुवागडी गाउँपालिका –८ घर भई हाल धरान उपमहानगरपालिका १२ मा बस्दै आएका २८ वर्षीय विकास राई आज बिहान करिब ५ः१५ बजे अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारको लागि जिल्ला इनरुवा अस्पताल लगिएको थियो उपचारको क्रममा बिहान करिब ५ः४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार