जनता समाजवादी पार्टीका २० भन्दा बढी नेता–कार्यकर्ता पक्राउ

मंगलबार, ०३ भदौ २०८२

काठमाडौँ : गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा प्रदर्शनमा उत्रिएका जनता समाजवादी पार्टी ९जसपा० का २० भन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेका छन्।

माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा प्रहरीले जसपा नेपालका प्रवक्ता तथा मधेश प्रदेश सदस्य मनिष कुमार सुमन, कार्यकारिणी समिति सदस्य किरण साह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवा संगठनका महासचिव दिलीप पटेल लगायतलाई नियन्त्रणमा लिएको हो।

जसपाका नेता–कार्यकर्ताले सर्वोच्चको आदेशलाई अन्यायपूर्ण भन्दै विरोध प्रदर्शन गरेका थिए। पक्राउ परेका सबैलाई अहिले प्रहरी परिसरमा राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार