सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सिएफटीसम्बन्धी विशेष तालिम सम्पन्न

मंगलबार, ०३ भदौ २०८२

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ (एएमएल) तथा कमबेटिङ द फाइनान्सिङ अफ टरेरिजम (सिएफटी)सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ ।

नगरकोटस्थित रत्नागिरि रिसोर्टमा सम्पन्न तालिममा कम्पनीका कानुन विभाग प्रमुख सुवास भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए । साथै, एएमएल/सिएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत जानकारी दिए ।

तालिममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुखहरु सहभागी भएका थिए । साथै, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईं सहित उच्च पदाधिकारीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार