टप एण्ड टी–२० सिरिज : नेपाल लगातार दोस्रो खेलमा पराजित

शनिबार, ३१ साउन २०८२

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भयो ।

१८७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । उनले ४७ बलमा नटआउट ५९ रन बनाए ।

बंगलादेश ‘ए’का रकिबुल हसनले ३ विकेट लिँदा सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १–१ विकेट हात पारे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर १८६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । ओपनर जिशाद आलमले ७१ रन प्रहार गरे भने अफिफ होसेन ४८ रनमा नटआउट रहे ।

नेपालका बलरहरूमध्ये रिजन ढकालले २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको थियो । अब नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार