काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो ।
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिई नक्खु लगिएको हो ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ । रुपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो ।
लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिए पनि मौसमका कारण ढिलाइ भएको थियो ।
लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।
यसैबिच रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागार ल्याइएका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा महत्त्वपूर्ण सन्देश लेखेर बिदा हुनुभएको जानकारी पार्टी उपसभापति स्वर्णिम वाग्लेले दिएका छन् ।
शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् ।
यसैगरी नेता दीपक बोहोराले उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियो प्रतिकृया दिएका छन् ।
लामिछानेलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मी, समर्थक र सञ्चारकर्मीहरूको भीड लागेको थियो ।
प्रतिक्रिया