इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ ।
शनिबार सम्पन्न नगरको १६औं नगरसभाबाट उपमहानगरकी उपप्रमुख संगीताकुमारी चौधरीले गत असार १० गते प्रस्तुत गरेको बजेट सर्वसम्मत रूपमा पारित भएको हो ।
पारित बजेटअनुसार, चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार रुपैयाँ अर्थात कुल बजेटको ४०.७९ प्रतिशत छुट्याइएको छ । वित्तीय व्यवस्थापन अन्तर्गत साँवा–ब्याज भुक्तानीका लागि ९० लाख रुपैयाँ अर्थात ०.३५ प्रतिशत तोकिएको छ ।
त्यस्तै, पूँजीगत खर्चतर्फ एक अर्ब ५० करोड १९ लाख ९० हजार रुपैयाँ अर्थात कुल बजेटको ५८.८६ प्रतिशत विनियोजन गरिएको उपमहानगरले जनाएको छ ।
प्रतिक्रिया