झापा : झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेचि राजमार्गमा आज दिउँसो सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतिय नम्बर प्लेटको स्कारपियो (BR 558500) र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३६६१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परि झापा बुद्धशान्ति–१ का ४६ वर्षीय ठाकुर अधिकारी घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएकोमा साँझ ५:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको शव सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया