उपसभामुखलाई हटाउने मुद्दामा कांग्रेस भित्र विवाद, महामन्त्री थापा र शर्माले हस्ताक्षर गरेनन्

मंगलबार, ०३ भदौ २०८२
तस्बिर : फाइल

काठमाडौं। उपसभामुख इन्दिरा रानालाई हटाउने मुद्दामा नेपाली कांग्रेस भित्र विवाद उत्पन्न भएको छ। मंगलबार भएको हस्ताक्षरमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर नगरेका छन्।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट जम्मा एक सांसद, दिलेन्द्र बडूले मात्रै हस्ताक्षर गरेका छन्। कोइरालापक्षमा १६ जना सांसद भए तापनि अन्य सांसदहरूले हस्ताक्षरमा सहभागी भएनन्।

महामन्त्री थापापक्षमा रहेकी सांसद सपना राजभण्डारीले भने हस्ताक्षर गरेकी छिन्। यसअघि पनि पोहोर भदौ २५ गते उपसभामुख रानालाई हटाउने तयारी भएको थियो, तर शेखर कोइरालाले असहमति जनाएपछि त्यो प्रयास रोकिएको थियो।

यस घटनाले कांग्रेसभित्र उपसभामुख हटाउने प्रस्तावमा आन्तरिक असहमति र नेतृत्व विवाद अझ स्पष्ट बनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार